न्यूयोर्क। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताउनुभएको छ ।
गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे सम्प्रेषित प्रतिक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभयो, “यो चुनौतीको सामना हामीले शान्तिका लागि र यूक्रेन र त्यसभन्दा बाहिरका जनतालाई युद्धको भूमरीबाट बचाउन हुने पहलबाट हुनुपर्छ । यो छलफल र वार्ताको पहल गर्ने समय हो ।”
थप रक्तपात विना यस सङ्कटलाई समाधान गर्ने सबै प्रयासमा आफू ‘पूर्ण प्रतिबद्ध’ भएको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्रसंघ प्रमुखले युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूबाट आफू ‘गम्भीररूपमा चिन्तित’ भएको उहाँले बताउनुभयो ।
हालका वर्षहरूमा युक्रेनको स्थिति ‘सबैभन्दा ठूलो विश्वव्यापी शान्ति र सुरक्षा सङ्कट’ को अवस्थामा रहेको बताउँदै गुटेर्रेसले युक्रेनमा भएका नवीनतम घटनाहरूले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीको परीक्षण गरिरहेको बताउनुभयो ।
युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूले आफूलाई चिन्तित पारेको भन्दै गुटेरेसले सम्पर्क लाइनमा बढ्दो युद्धविराम उल्लङ्घन र ‘युद्धविराम उल्लङ्घन थप वृद्धिको वास्तविक जोखिम’ बारे सबैको सकारात्मक चासो हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
डोनेट्स्क र लुहान्स्क क्षेत्रका कतिपय क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिने रूसको निर्णयको उहाँले आलोचना गर्नुभयो ।
“मलाई स्पष्ट पार्नुहोस, डोनेट्स्क र लुहान्स्क क्षेत्रका केही क्षेत्रहरूको तथाकथित ‘स्वतन्त्रता’ मान्यता दिने रूसी संघको निर्णय युक्रेनको क्षेत्रीय निष्ठा र सार्वभौमिकताविरूद्ध छ’’, उहॉले भन्नुभएको छ ।
गुटेरेसले यस्तो एकपक्षीय निर्णय संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरूसँग प्रत्यक्ष रूपमा बाझिने मात्र होइन, साधारण सभाको स्वघोषित मित्रवत सम्बन्ध घोषणासँग पनि मेल नखाने बताउनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?