पेरिस। रूसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।उहाँहरुबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको थियो । युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएको बताइएको छ ।
पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ ।अमेरिकासहितका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्नसक्ने बताइरहेका छन् । तर यसको रुसले भने खण्डन गरेको छ ।
वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।
त्यसैगरी उहाँहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।
त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँका बीचमा हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्ने बारेमा कुराकानी भएको थियो ।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?