वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा आक्रमण गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ।
रुस-युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भन्नुभयो, “यस क्षणसम्म म विश्वस्त छु कि पुटिनले आक्रमणको निर्णय गरेका छन्।”
राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनले युक्रेनका विषयमा लिने निर्णय सबैको लागि रहस्यमय थियो यतिसम्म कि शीर्ष रूसी सल्लाहकारहरू पनि उनको मनसायको बारेमा अन्योल नै रहेको बताए ।
तर शुक्रबारका टिप्पणीहरूले राष्ट्रपतिको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आएको र उनका समकक्षीको योजनाहरूमा अझ बढी आक्रमण निश्चित रहेको सङ्केत मिलेको उनले बताउनुभयो ।
राष्ट्रपति बाइडेनले पुटिनले आक्रमणको साथ अगाडि बढ्ने संकल्प गरेको लगभग निश्चित भएको बताउनुभएको छ ।
“रुसी सेनाले आगामी दिनमा युक्रेनमा आक्रमण गर्ने योजना बनाएको छ। हामी विश्वास गर्छौं कि उनीहरूले युक्रेनको राजधानी कियभलाई लक्षित गर्नेछन्,” बाइडेनले थप टिप्पणी गर्नुभयो।
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?