
लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस सन् २०२० मेको एक बिहान दौड्न निस्केका थिए तर उनी घर फर्केनन् । उनको बृहत खोजी भयो तर उनको महिनौंसम्म अत्तोपत्तो लागेन । क़रीब तीन महिनापछि फर्नहामको जंगलमा उनको शव फेला पर्यो ।
यस घटनाले धेरैको मनमा जिज्ञासा जगायो । बेलायतको विदेश मन्त्रालयका उच्च पदस्थ अधिकारीको रहस्यमय मृत्यु कसरी भयो ?
मंगलवार बेलायतको विन्चेष्टर कोरोनरले यस प्रश्नको जवाफमा राजदुत मोरिसले आत्महत्या गरेको निस्कर्ष निकालेको छ ।
सिनियर कोरोनर क्रिष्टोफर विल्किन्सनले मोरिसले कामको उच्च तनाव र आफ्नो भविष्यको चिन्ताका कारण आत्महत्या गरेको बताए ।
नेपालबाट फर्केपछि मोरिसलाई कोभिड टास्कफोर्सको काम दिइएको थियो । सो कामलाई कोरोनर विल्किन्सनले एकैसमयमा जहाज़ बनाउनु र उडाउनु भने ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]