
लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस सन् २०२० मेको एक बिहान दौड्न निस्केका थिए तर उनी घर फर्केनन् । उनको बृहत खोजी भयो तर उनको महिनौंसम्म अत्तोपत्तो लागेन । क़रीब तीन महिनापछि फर्नहामको जंगलमा उनको शव फेला पर्यो ।
यस घटनाले धेरैको मनमा जिज्ञासा जगायो । बेलायतको विदेश मन्त्रालयका उच्च पदस्थ अधिकारीको रहस्यमय मृत्यु कसरी भयो ?
मंगलवार बेलायतको विन्चेष्टर कोरोनरले यस प्रश्नको जवाफमा राजदुत मोरिसले आत्महत्या गरेको निस्कर्ष निकालेको छ ।
सिनियर कोरोनर क्रिष्टोफर विल्किन्सनले मोरिसले कामको उच्च तनाव र आफ्नो भविष्यको चिन्ताका कारण आत्महत्या गरेको बताए ।
नेपालबाट फर्केपछि मोरिसलाई कोभिड टास्कफोर्सको काम दिइएको थियो । सो कामलाई कोरोनर विल्किन्सनले एकैसमयमा जहाज़ बनाउनु र उडाउनु भने ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता