
सउल । दक्षिण कोरियामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि यसलाई न्यूनीकरण गर्दै शून्यमा पुर्याउने सोचका साथ यहाँको न्याय मन्त्रालयले नयाँ योजना सार्वजनिक गरेको छ । सोअनुसार यहाँ अवैधानिकरूपमा बसोबास गर्ने विदेशीलाई कोरोना भ्याक्सिनको तेस्रो बुस्टर डोज खोप लगाएकाले स्वेच्छाले स्वदेश फर्कन चाहेमा उनीहरूले तिर्नुपर्ने जरिवाना मिनाहासहित प्रवेशाज्ञा प्रतिबन्ध पनि फुकुवा गरिने भएको छ ।
आगामी अक्टोबर १२ तारिखदेखि डिसेम्बर ३१ तारिखसम्मको अवधिमा खोपको तेस्रो बुस्टर डोजसमेत पूरा गरेको प्रमाण पेश गरी स्वदेश फर्किन चाहनेलाई यो योजना प्रदान गर्न लागिएको हो । सो कुराको जानकारी कोरियाको न्याय मन्त्रालयलले यहाँ रहेका अन्य मुलुकको राजदूतावाससहित नेपाली राजदूतावासलाई समेत जानकारी गराएको छ । जानकारी पाएसँगै नेपाली राजदूतावास सउलले यहाँ रहेका नेपालीमाझ सूचित गरेको छ ।
कोरिया सरकारले गैरकानूनीरूपमा बसोबास गरिरहेका विदेशीलाई पनि कोरोना परीक्षण गर्न र खोपका सबै मात्रा निःशुल्करूपमा प्रदान गरेको छ । यहाँ रहेका कतिपय गैरकानूनी विदेशीले आफूलाई अध्यागमनले समाउला कि भन्ने डरले कोरोनाको खोप लगाएका छैनन् । त्यसैले पनि कोरोना नियन्त्रण गर्न कठिन भइरहेको कोरिया सरकारको ठम्याइ छ । उनीहरुलाई खोप लगाउन प्रोत्साहनस्वरुप दक्षिण कोरिया सरकारले यो योजना लागू गरेको हो ।
दक्षिण कोरियामा अवैधानिक बसोबास गर्ने विदेशी नागरिकले हाल घर फर्कंदा बसाइ अवधिका आधारमा अधिकतम २५ हजार १४० अमेरिकी डलर अर्थात् तीन करोड वोनसम्म जरिवाना तिर्नुपर्ने साथै एकदेखि १० वर्षसम्म पुनःकोरिया प्रवेश निषेध गर्नसक्ने प्रावधान छ ।
मन्त्रालयका अनुसार कोरोना खोप पूरा गरेको प्रमाण पेश गरी उल्लिखित नियममा सहभागी हुनसक्ने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा पनि कोरोना खोप नलगाउने अवैधानिक विदेशी, आपराधिक क्रियाकलापमा संलग्न भई प्रहरी हिरासतमा रहेका विदेशी नागरिकलाई भने यो योजनामा सहभागी हुन पाउने छैनन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी