लन्डन । मातृभाषाका सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले बेलायतमा गत वर्ष शुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ ।
विश्व मातृभाषा दिवसका अवसर पारेर सो मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो ।
विश्व नेपाली साहित्य महासंघ (विनेसाम), दक्षिण यूके र पश्चिम यूकेको आयोजना र आदिवासी जनजाति साहित्यकार लेखक महासंघको सहआयोजनामा फेब्रुअरी १९ तारिखका दिन सो उत्सव हुन लागेको हो ।
आयोजकहरुको आइतबार बसेको संयुक्त बैठकले फेब्रुअरी १९ तारिख शनिबारका दिन मातृभाषा साहित्य उत्सव आयोजना गर्ने निर्णय गरेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । ‘मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले गत वर्ष हामीले बेलायतमा मातृभाषा साहित्य उत्सव सुरु गरेका थियौँ । यस वर्ष पनि निरन्तरता दिँदै कार्यक्रम गर्ने भएका छौँ,’ अध्यक्ष हितानले भने, ‘उत्सवमा देश विदेशबाट मातृभाषाका सर्जकहरू सहभागी हुनेछन् ।’ उनले उत्सव भर्चुअल रूपमा जुमबाट हुने जानकारी दिए ।
यस वर्षको २३ औँ विश्व मातृभाषा दिवस भने फेब्रुअरी २१ सोमबारका दिन परेको छ ।
बैठकले विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेका सचिव अमित थेवेलाई गत वर्षझैँ यस पटक समेत उत्सवको संयोजक तोकेको छ । उनकै परिकल्पना अनुसार बेलायतमा मातृभाषी कवि एवम् साहित्यकारहरूले आफ्नो राष्ट्रभाषामा सिर्जना सुनाउने गरी उत्सव सुरु भएको थियो । उनी आदिवासी जनजाति साहित्यकार लेखक माहासंघ यूकेका संयोजक समेत हुन् । उनका अनुसार गत वर्ष कविता विधामा रचनाहरू सुनिए पनि यसपटक गीत विधामा उत्सव केन्द्रित रहने बताए । ‘विभिन्न मातृभाषा वा राष्ट्रभाषामा यसपटक पनि सर्जकहरूले आफ्नो रचना सुनाउनेछन् । यस वर्ष हामीले गीत विधालाई रोजेका छौँ,’ संयोजक थेवेले भने, ‘कार्यक्रममा बेलायत र अन्य मुलुकका मातृभाषी सर्जकहरू सहभागी हुनेछन् ।’ उनले यसका लागि फेब्रुअरी १७ भित्र आफ्नो रचना आयोजकलाई पठाउन समेत आग्रह गरेका छन् ।
त्यस्तै, उत्सवका सहसंयोजक एवम् विनेसाम पश्चिम यूकेका मिडिया विभाग प्रमुख गोमा रानाले दुई दर्जनभन्दा बढी मातृभाषाका गीतकारहरूले आफ्नो रचना सुनाउने तयारी भइरहेको जनाइन् । ‘करिब दुई दर्जन बढी मातृभाषामा गीतहरू प्रस्तुत हुनेछन् ।,’ रानाले भनिन् । उनले बेलायत, नेपाल र अन्य मुलुकहरूका सर्जकहरूलाई रचना आह्वान गरिरहेको बताइन् । उत्सवका दिन वाचन भएका गीतहरू समेटेर आदिवासी गीतकारहरूको गीति संग्रह समेत प्रकाशन गरिने उनले जनाइन् ।
हालसम्म उत्सवका लागि याक्थुङ लिम्बु, राई समुदायबाट बान्तावा, थुलुङ र वाम्बुले, तामाङ, शेर्पा, गुरूङ, नेवार, मगर समुदायबाट ढुट, काइके र खाम, छन्त्याल, थारू, धिमाल, सिङ्सा(भोटे), खस, सुनुवार, याक्खा लगायतका मातृभाषाबाट सिर्जना प्रस्तुत हुने तय भइसकेको संयोजक थेवेले बताए ।
संयुक्त राष्ट्र संघको साँस्कृतिक निकाय युनेस्कोको आह्वानमा सन् २००० देखि प्रत्येक वर्ष २१ तारिखलाई विश्व मातृभाषा दिवसका रूपमा मनाउँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा मातृभाषाका रूपमा बंगाली भाषा बोल्न पाउनुपर्छ भन्दै माग गर्दा सन् १९५२ मा त्यहाँका चार विद्यार्थीहरू मारिएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले यस दिनलाई विशेष दिनका रूपमा स्वीकार गरेको थियो । एथ्नोलगकाअनुुसार हाल विश्वमा ७,१३९ भाषाहरू बोलिने गर्छन् । तीमध्ये ४० प्रतिशत जोखिममा रहेका छन् । नेपालमा भाषा आयोगको प्रतिवेदनअनुसार १३१ भाषााहरू अस्तित्वमा छन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी