
मोन्ट्रेल । क्यानाडाको राजधानी ओटावामा सङ्कटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो ।
कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा ट्रक चालकहरुले केही दिनदेखि राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । ओटावाका नगरप्रमुख जीम वाट्सनले राजधानी सहर नियन्त्रणबाहिर गएकाले नियन्त्रणमा राख्नका लागि संकटकाल घोषणा गरिएको जानकारी दिनुभएको छ ।
आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको उहाँले दावी गर्नुभयो । चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गर्दा यातायात सेवा नै अस्तव्यस्त भएर नगरवासीलाई समस्या भएको छ । साथै आपतकालिन सेवासमेत अवरुद्ध भएको उहाँको भनाई छ ।
उहाँले संकटकालको नियम नमान्ने र सहरमा अशान्ति मच्चाउनेलाई प्रहरीले गिरफ्तार गर्ने र कानूनी कारबाही गर्ने चेतावनी पनि दिनु भएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल