लिस्बन। पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ । प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ ।
अहिलेसम्मको नतिजानुसार अर्को पार्टीले जित्ने सम्भावना नरहेकाले त्यसैको जित सुनिश्चित भएको निर्वाचन आयोगले घोषणा गरेको हो । समाजवादी पार्टीलाई सामाजिक लोकतान्त्रिक पार्टीले पछ्याइरहेको पनि आयोगका अधिकारीले जनाएका छन् ।
आयोगले समाजवादी पार्टी नै विजयी हुने सुनिश्चित भएको घोषणा गरेपछि राष्ट्रपति मार्सेलो रेबेलो डे सौसाले नागरिकलाई बधाई दिनुभएको छ । उहाँले भत्रुभएको छ, “यो निर्वाचन हाम्रा लागि विशेष अवसर थियो, हामीले कडा मेहनत गरेर यसलाई सदुपयोग गरेका छौँ, सबैभन्दा सानो उमेरदेखि सबैभन्दा वृद्धसम्मलाई अब अझ राम्रो हुने भएको छ ।”
तत्कालीन संसद्ले सरकारको बजेट प्रस्ताव पारित नगरेपछि गत नोभेम्बरमा राष्ट्रपति सौसाले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुभएको थियो । बजेट पारित गर्न गत अक्टोबर २७ मा संसद्मा मतदान भएको थियो । सत्तारुढ गठबन्धनमा रहेको वामपन्थी दलले सहयोग नगरेपछि बजेट पारित हुन सकेको थिएन । त्यसपछि सन् १९७४ अप्रिल २५ देखि अहिलेसम्म पोर्चुगलको इतिहासमा आठौंँ पटक संसद् विघटन गरिएको हो । धेरैले कोभिड–१९ का महामारीबीच सम्पन्न अग्रिम निर्वाचनमा सत्तारुढ दललाई धक्का लाग्ने अनुमान गरे पनि मत परिणाम अनुमानभन्दा फरक आएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार