लण्डन । कास्की माछापुच्छ्रे गाउँपालिका -७, धम्पुस निवासी मिर्गौला सम्बन्धी रोगबाट पीडित ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ९ लाख ८९ हजार रुपैयँ सहयोग पठाइएको हो ।
धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा संकलित सहयोग रकम गत मंगलबारका दिन पीडित विश्वकर्मालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रम धम्पुस पोखरी गाउँको सुन्दर दृश्यहरु देखिने नर्थफेस भ्यू पोइन्टमा राखिएको थियो ।
अहिलेको कोरोना महामारीको विषम परिस्थितिमा सरकारको नीति नियमलाई पालना गर्दै उक्त कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका-७, धम्पुस गाउँको वडा अध्यक्ष समबहादुर गुरुङ, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ, धम्पुस परिवार यूकेका पूर्व अध्यक्ष अमर गुरुङ, पीडित कुमार विश्वकर्माको परिवार, बृद्ध आमाबुबाहरु साथै आमा समूहको कार्यसमिति र स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
बेलायतमा १७६ दाताहरुको नाम तथा सहयोगको सम्पूर्ण विवरण सहसचिव अमृत गुरुङले पढेर सुनाएपछि धम्पुस पोखरी घोताने परिवार यूकेका संरक्षक लेप्टेनेण्ट रिटायर्ड जसबहादुर गुरुङको बाहुलीबाट कुमार विश्वकर्मालाई औपचारिक रुपमा चेक रकम हस्तान्तरण गरिएको थियो ।
धम्पुस पोखरी घोताने परिवारका प्रथम उपाध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवं पूर्व अध्यक्ष जगबहादुर गुरुङले स्वागत मन्तव्य तथा सचिव कुलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
मृगौला पीडित कुमार विश्वकर्माको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’