आसफोर्ड (यूके) । चुम्लुङकर्मी टङ्क येङ्देनले यूकेस्थित आफ्नो निवासमा माङ्हिम स्थापना गरेका छन् । प्रवासमा रहेर पनि साँस्कृतिक एवम् धार्मिक क्रियाकलाप गर्नका लागि उनले माङ्हिम स्थापना गरेका हुन् ।
केन्टको आसफोर्डमा बसोबास गर्दै आएका येङ्देनले मस्ग्रोभ रोडस्थित आफ्नो निवासमा माङ्हिम स्थापना गरेका हुन् ।
माङ्हिमलाई समुदायले देवालयका रूपमा स्थापना गर्ने प्रचलन गरेको छ । कतिपयले माङ्थान या माङयुक्ना (देवता बस्ने ठाउँ) भनेर पनि धार्मिक स्थल तोक्ने गरेका छन् ।
माङ्हिम स्थापाना गर्ने येङ्देनले यूकेमा रहेका याक्थुङ लिम्बु समुदायको धार्मिक, साँस्कृतिक र सामुदायिक गतिविधिलाई बढाउँदै केन्द्रका रूपमा आफूले व्यक्तिगत परिकल्पना र लगानीमा माङ्हिम स्थापना गरेको बताए ।
उनी हाल लिम्बु जातिको प्रतिनिधिमूलक सामाजिक संस्था मानिने किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय सदस्य हुन् । यसअघि, उनी आसफोर्ड शाखा समितिका अध्यक्ष समेत रहिसकेका छन् ।
माङ्हिमलाई युमा मुन्धुम वाचन गरेर तुत्तु तुम्याहाङ मेहेरमान सिरेङ चोङवाङले उद्घाटन गरेका थिए ।
माङ्हिमका संस्थापक येङ्देन आफू मौलिकतावादीको पक्षधर भएपनि माङ्हिम सबै मार्गमा आस्था राख्नेका लागि खुला रहेको बताए । उनले माङ्हिममा कुनै पनि प्रतिमा, मूर्ति या शालिक नराखेको पनि प्रष्ट्याए । ‘माङ्हिममा जोकोही आएर सेवा या प्रार्थना गर्न सक्नेछन् । याक्थुङ समुदाय मूर्ति पूजक नभएको कारण माङ्हिमभित्र कुनै स्मारक छैन,’ उनले भने, ‘साधारण पूजा सामग्रीका रूपमा तीतेपाती, धूप, नैवेद्य, फलफूल ल्याएर सेवा गर्न सक्नेछन् ।’ उनले माङ्हिमभित्र र बाहिर पूर्वी लिम्बुवानमा अवस्थित र प्रचलित फक्तङलुङ हिमाल, सेमुक्तुबुङ/मुक्कुमलुङ(पाथिभरा), तिम्बुङ वरक(पोखरी), युमा फुङ(फूल), सिङ्जाङ्गो फुङ, सिलामा साक्मा आदिका तस्वीरहरू टाँसेका छन् । येङ्देनले उक्त अवसरमा परिवारको समृद्धि र शान्तिका लागि भन्दै माङ्गेन्ना(शीर उठाउने पूजा) पनि राखेका थिए ।
समुदायको ठूलो पर्व मानिने कक्फेक्वा तङ्नाम(माघे संक्रान्ति)को अवसरमा गत शनिबार उद्घाटन गरिएको कार्यक्रमा लिम्बुजन्य संघसंस्थाका प्रतिनिधिहरू समेत उपस्थित थिए । उक्त अवसरमा कियाचुका केन्द्रीय उपाध्यक्ष गणेश इजम, पूर्व केन्द्रीय सदस्य पूर्ण मादेन, लिम्बुवान नागरिक समाज यूकेकी उपाध्यक्ष मनमाया नेम्वाङ, कियाचु आसफोर्ड शाखाका अध्यक्ष सोदीप थोप्रा, उपाध्यक्ष काजी साम्यू, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष एवम् युमा साम्योका प्रतिनिधि अमित थेवे, संघीय लिम्बुवान सामाजिक मञ्च आसफोर्डका योगेन्द्र तावा र प्रवीन लिम्बु, किरात धर्म तथा साहित्य उत्थान संघ, यूकेका राजेन्द्र खिम्दिङ, राजेन्द्र नेम्वाङ, माङ्गेन्ना चुम्लुङ यूकेकी प्रतिनिधि सरला फेयोङ साँवा लगायत उपस्थित भएका थिए ।
यूकेमा याक्थुङ लिम्बु समुदायको जनसंख्या करिब २५ हजार बढी रहेको अनुमान गरिएको छ । नेपाली दूतावासअनुसार बेलायतमा नेपालीहरूको जनसंख्या दुई लाख बढी रहेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’