न्यूयोर्क । विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ ।
गिनीज वर्ल्ड रेकर्ड्सले बुधबार दिएको जानकारीअनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उहाँ विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना ११३ औँ जन्मदिन मनाउन लागिएको थियो ।
फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो हुनुहुन्थ्यो । सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उहाँको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उहाँ एक सफल जुत्ता व्यवसायी बन्नुभएको थियो ।
सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीहरूका अभिभावक उहाँ पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा हुनुहुन्थ्यो ।
गिनिज बुक्स अफ वल्डए रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट हुनुहुन्छ । सन् १८७५ फेब्रुअरीमा जन्मनुभएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण