वासिङ्टन। अमेरिकाले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्ध लड्न सहयोगी हुने सामग्रीहरु उपलब्ध गराउने भएको छ ।अफगानिस्तानलाई दिने सहयोग बन्द गरेको अमेरिकाले मानवीय नाताले कोरोनासम्वन्धी सामग्रीहरु उपलब्ध गराउन लागेको हो ।
अफगानिस्तालाई अहिले दश लाख खोप उपलब्ध गराउने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको स्पष्ट पार्नुभयो ।
उपलब्ध गराउन लागिएको खोप मध्ये आठ लाख ४० हजार खोप जोनसन एण्ड जोनसन खोप रहेको पनि उहाँले जानकारी दिनुभयो । विदेशमन्त्री एन्टोनीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमेरिकाको सहयोगले अफगानिस्तानका जनतालाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
अमेरिकाले अफगानिस्तानलाई ३० करोड ८० लाख अमेरिकी डलर बरावरको विभिन्न सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो ।
अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि रुष्ट भएको अमेरिकाले अन्य सहयोग बन्द गरेपनि कोरोना महामारीबाट बचाउन आवश्यक पर्ने केही सहयोग भने गरिरहेको छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक