लण्डन । बेलायतको रोजगार क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा फर्किएको छ ।
कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणको बाबजूद पनि बेलायतमा डिसेम्बर महिनामा १ लाख ८४ हजार मानिसहरुले नयाँ जागिर पाएका छन् । नोभेम्बर महिनाको तुलनामा डिसेम्बर महिनामा बेलायतमा रोजगारीको संख्या ०.६ प्रतिशतले बढेको छ ।
बेलायतकाे राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोभिड महामारी शुरु हुनु पूर्व सन् २०२० को फेब्रुअरीको तुलनामा १.४ प्रतिशत बढीले अहिले रोजगारी पाएका छन् ।
कार्यालयका अनुसार नोभेम्बर महिनामा बेलायतको बेरोजगारी ४.१ प्रतिशतमा झरेको थियो । अर्थशास्त्रीहरुले भने सो अवधिमा बेरोजगारी दर ४.२ प्रतिशतमा मात्र झर्ने पूर्वानुमान गरेका थिए ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले, ‘आजको तथ्याङ्कले बेलायतको रोजगार क्षेत्र बढिरहेको प्रमाणित गर्छ । डिसेम्बर महिनामा जागिर पाउनेहरुको संख्या बढिरहेको र जागिर गुमाउनेहरुको संख्या सन् २००६ यताको थोरै देखिएको छ’ भनेका छन् ।
कोभिड महामारी शुरु भएयता रोजगारीको सुरक्षा गर्न ‘फर्लो’ योजना ल्याएको थियो । सो योजना सेप्टेम्बर २०२१ मा सकिए पनि त्यसको असर रोजगार क्षेत्रमा खासै नपरेको ओएनएसले जनाएको छ ।
ओएनएसले जागिरेको संख्या बढे पनि बेलायतमा बढ्दो मुद्रास्फितिलाई सुहाउने गरीको कामदारको तलवमानमा वृद्धि भने नभएको बताएको छ । ओएनएसका अनुसार नोभेम्बर बेलायतको मुद्रास्फिति दश वर्षयताकै उच्च ५.१ प्रतिशतमा पुगेको थियो।
बैँक अफ इङ्ल्याण्डले अप्रिल महिनामा मुद्रास्फिति ३० वर्षकै उच्च ६ प्रतिशतमा पुग्ने अनुमान गरेको छ ।
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’