लण्डन । दुई डोज खोप लगाएका यात्रुहरुलाई शुक्रबारदेखि अन्य देशबाट इङल्याण्ड आउँदा कोभिड टेष्ट गर्नु नपर्ने भएको छ ।
बेलायत सरकारले यही शुक्रबार बिहान ४ बजेदेखि इङल्याण्डको यात्रा गर्नुपूर्व कोभिड टेष्ट गर्न पर्ने नियम खारेज गरेको हो । यसअघि कोभिडको दुवै मात्रा खोप लगाएका १२ वर्षमाथिका सबै यात्रुहरुले इङल्याण्ड आउनु ४८ घण्टाभित्र पूर्व कोभिड नेगेटिभ भएको पुष्टि गरेपछि मात्र इङल्याण्ड आउन पाउने प्रावधान थियो ।
प्रधानमन्त्री बोरिस जोन्सनले उडान पूर्व कोभिड टेष्ट गर्नुपर्ने नियमका कारण इङल्याण्ड आउन चाहनेहरुलाई निरुत्साहित गरेको बताएका छन् । सो नियमका कारण यात्रुहरुमा विदेशमै थुनिने र अतिरिक्त खर्च लाग्ने डर रहेको पनि उनले उल्लेख गरेका छन् ।
बेलायतमा हरेक २५ जनामा एक जनालाई कोभिड संक्रमण भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उड्डयन व्यवसायीहरुले सरकारको त्यो नियमले केही प्रभाव पार्न नसकेको गुनासो गर्दै आएका थिए ।
यसैगरी इङल्याण्ड आइपुगेका यात्रुहरुले इङल्याण्ड आइसकेपछि कोभिड टेष्टको परिणाम नआएसम्म यसअघि घरमै आइसोलेसनमा बस्नपर्नेमा त्यो नियम पनि अब हटेको छ ।
यसैगरी, आइतबार बिहान ४ बजेदेखि इङल्याण्ड आइपुगेका यात्रुहरुले ल्याटरल फ्लो टेष्टमा पोजिटिभ भए पनि यदि कोभिडको लक्षण छैन भने पीसीआर टेष्ट पनि गरिरहनु नपर्ने भएको छ ।
बेलायतका अन्य राज्यहरु वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डमा भने फरक नियम छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार