नयाँ दिल्ली । भारतले शनिबार आफ्नो नयाँ पुस्ताको आणविक क्षमताको ब्यालिस्टिक मिसाइल “अग्नी पी” को सफल परीक्षण गरेको छ।
मिसाइल परीक्षण अब्दुल कलाम टापु भारतको पूर्वी राज्य ओडिशाको तटमा बिहान ११:०६ मा गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ- टेलिमेट्री, राडार, इलेक्ट्रो-अप्टिकल स्टेशनहरू र पूर्वी तटमा अवस्थित डाउन-रेन्ज जहाजहरूले मिसाइल ट्रयाजेक्टोरी र मापदण्डहरू ट्रयाक र निगरानी गरेका थिए। “मिसाइलले प्रक्षेपणलाई उच्च स्तरको सटीकताका साथ सबै मिशन उद्देश्यहरू पूरा गरेको विज्ञप्तिमार्फत् जनाइएको छ ।
“अग्नि पी” एक दुई चरणको क्यानिस्टराइज्ड ठोस प्रोपेलेन्ट ब्यालिस्टिक मिसाइल हो जसमा डुअल रिडन्डन्ट नेभिगेसन र मार्गदर्शन प्रणाली छ। यस दोस्रो उडान-परीक्षणले प्रणालीमा एकीकृत सबै उन्नत प्रविधिहरूको भरपर्दो कार्यप्रदर्शन प्रमाणित गरेको पनि रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा