जोहानेस्बर्ग। दक्षिणी अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड १९ को संक्रमण भएको छ । उहाँले कोभिड सङ्क्रमण भएपछि उपचार गराइरहनुभएको छ । सो कुरा दक्षिणी अफ्रिकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । सिरिल रामाफोसाले उपचार गराइरहनुभएको आइतबार राति सो कार्यालयले जनाएको छ ।
उहाँले यसअघि नै कोरोना भाइरसविरुद्धको खोप दुई डोज लगाउनुभएको थियो । यसकारण उहाँलाई धेरै समस्या नभएको बुझिएको छ । तर पनि सैन्य अस्पतालका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उहाँ रहनुभएको बताइएको छ ।हालैमात्र कोरोनाको घातक भनिएको ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा नै पत्ता लागेको थियो । यो भाइरस संसारका धेरै देशमा पुगेको छ ।
तर उहाँलाई ओमिक्रोन हो कि होइन भन्ने बारेमा भने केही बताइएको छैन । ओमिक्रोन दक्षिण अफ्रिकामा पाइएको भनेपछि अहिले विश्वका कैयौँ देशले दक्षिण अफ्रिकाका विरुद्धमा यात्रा प्रतिबन्ध लगाएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी