
दोहा । कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्।
बुधवार अबेर साउदी युवराज २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा कतार आइपुगेका छन्। “हामीले पर्शियन खाडी क्षेत्रमा सुरक्षा र स्थिरता बढाउने हाम्रो साझा इच्छालाई पुष्टि गरेका छौं, “कतारी अमिरले बुधबार आफ्नो ट्विटर पेजमा लेखेका छन्।
२०१७ मा युएइमा, साउदी अरेबिया, बहराइन र इजिप्टले कतारलाई हस्तक्षेप र आतंकवादलाई प्रायोजित गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध तोडेका थिए। पछि कतिपय देशले पनि त्यस्तै गरे भने अरूले दोहासँगको कूटनीतिक सम्बन्धलाई घटाएर देशमा पूर्ण नाकाबन्दी लगाएका थिए।
दोहाले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । आफ्नो आर्थिक सफलतासँग छिमेकीहरूको असन्तुष्टि उनीहरूको शत्रुतापूर्ण नीतिहरूको पछाडि थियो भन्ने कतारको बुझाइ छ ।
जनवरीमा साउदीले आयोजना गरेको गल्फ कोअपरेशन काउन्सिलको ४१ औं शिखर सम्मेलनले खाडी देशहरूबीच एकता पुनर्स्थापना गर्ने घोषणा गरेपछि यो गतिरोध हटेको हो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा