बर्लिन । जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।
जर्मनीको संसद (बुन्डेस्टाग)ले बुधबार स्कोल्जलाई चान्सलर निर्वाचित गरेको छ ।
सोशल डेमोक्रेट ओलाफ देशको चान्सलरका रुपमा संसदबाट चुनिएका हुन् । सोशल डेमोक्रेट्स, ग्रीन्स र लिबरल फ्रि डेमोक्रेट्सको गठबन्धनबाट ओलाफ राष्ट्र प्रमुख बनेका हुन् । जर्मनीमा संघीयस्तरमा गठबन्धन सरकार बनेको यो पहिलो पटक हो ।
यससँगै जर्मनीमा एन्जेला मर्केलको युग समाप्त भएको छ । १६ वर्ष शासन गरेकी मर्केल सत्ताबाट बाहिरिएकी छन् । ओलाफको आगमनलाई बर्लिनमा मर्केल नेतृत्वको रुढीवादी शासनको आवसान र जर्मन तथा युरोपीय राजनीतिमा एक नयाँ राजनीतिक युगको सुरुवात भनिएको छ ।
ओलाफको सत्ता गठबन्धनले सामाजिक न्याय, कार्बन उत्सर्जनमा कटौतीका प्रयासमा तीव्रता ल्याउने र वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला
संयुक्त राष्ट्रसङ्घको मुख्यालय यूयोर्कमा मनाइयो आरोग्य दिवस
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ