संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बस्नु भएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ–आइसोलेसनमा रहनु भएको उहाँका उपप्रवक्ता फरहान हकले बताउनुभएको छ ।
उहाँमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उहाँले आफ्ना सबै संलग्नता रद्द गर्नु भएको छ ।
बिहीबार डिसेम्बर ९ मा उहाँको पुनः कोरोना परीक्षण नभएसम्म उहाँले घरबाट काम गर्नुहुने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताउनुभएको छ । महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।
बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उहाँको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये हुनुहुन्थ्यो । उहाँले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिनु भएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा