संयुक्त राष्टसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बस्नु भएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ–आइसोलेसनमा रहनु भएको उहाँका उपप्रवक्ता फरहान हकले बताउनुभएको छ ।
उहाँमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएतापनि धेरै सावधानी अपनाउन उहाँले आफ्ना सबै संलग्नता रद्द गर्नु भएको छ ।
बिहीबार डिसेम्बर ९ मा उहाँको पुनः कोरोना परीक्षण नभएसम्म उहाँले घरबाट काम गर्नुहुने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताउनुभएको छ । महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो । आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।
बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उहाँको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ । ७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये हुनुहुन्थ्यो । उहाँले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिनु भएको छ ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा