ओटावा । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरिएन्ट भेटिएको बताएका छन् तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरिएन्ट भेटिएको हो भन्ने बारेमा भने केही बताएका छैनन् ।
दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरिएन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । उता पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको भनिएको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो ।
यो ओमिक्रोन भाइरस भेटिएपछि बेलायतले अफ्रिकी देशहरुबाट हुने उडान हालका लागि रद्द गरेको जनाएको छ । त्यहाँ अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । बेलायतमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको आइतबार बताइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी