ओटावा । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको जनाइएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका दुई जना नागरिकमा यो नयाँ भेरिएन्ट भेटिएको बताएका छन् तर ती नयाँ सङ्क्रमितहरु कहाँबाट आएका नागरिक हुन् या क्यानाडामा नै सो भेरिएन्ट भेटिएको हो भन्ने बारेमा भने केही बताएका छैनन् ।
दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको भनिएको सो भेरिएन्ट विश्वका कैयौँ देशमा फैलिइरहेको बताइएको छ । उता पछिल्लो समयमा कोरोना भाइरसको डेल्टा भाइरस बढिरहेको भनिएको बेलायतमा पनि यो नयाँ भेरियन्ट देखिएको बताइएको थियो ।
यो ओमिक्रोन भाइरस भेटिएपछि बेलायतले अफ्रिकी देशहरुबाट हुने उडान हालका लागि रद्द गरेको जनाएको छ । त्यहाँ अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरिएको पनि प्राप्त समाचारमा जनाइएको छ । बेलायतमा विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पिसीआर परीक्षणलाई अनिवार्य गरिने गरी नयाँ मापदण्डहरु लागू गरिएको आइतबार बताइएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा