लिमा । पेरुको उत्तरी भेगमा स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र छिमेकी मुलुकहरूमा समेत महशुस गरिएको थियो ।
पेरूको भौगर्भिक अध्ययन संस्थाका अनुसार भूकम्प १३१ किलोमिटर (८१ माइल) गहिराइमा गएको थियो ।
यसको भूकम्पको केन्द्रविन्दू पेरूको अमेजनमा ‘सान्ता मारिया डे निवा’ शहरबाट ९८ किलोमिटर पूर्वमा रहेको बताइएको छ । यो पेरूको थोरै जनसंख्या भएको क्षेत्र हो जहाँ अमेजनआदिवासीहरू बसोबास गर्छन् ।
यस गहिरो भूकम्पले तटीय तथा एन्डियन क्षेत्रहरू र राजधानी लिमालगायत देशको झन्डै आधा भागलाई प्रभावित पारेको थियो ।
लुसिया नाम गरेका एक प्रत्यक्षदर्शीले उत्तरी शहर चोटाको आरपीपी रेडियोसँग भने, “भूकम्प शक्तिशाली थियो । भूकम्पपछि सबै नागरिक सडकमा निस्केका छौँ । थप पराकम्पनको चिन्ताले हामी साह्रै डराएका छौं।”
पेरूको नागरिक रक्षामामिला हेर्ने ‘नेशनल इन्स्टिच्युट अफ सिभिल डिफेन्स’ले अहिलेसम्म कुनै क्षति भएको जानकारी आइनसकेको आफ्नो पहिलोे रिपोर्टमा उल्लेख गरेको छ ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणले केही सम्भाव्य घाइते तथा क्षति हुने पूर्वानुमान् गरेपनि ठूलो क्षति भने नभएको जनाएको छ ।
भूकम्पको केन्द्रविन्दू रहेको स्थानबाट करिबएक हजार किलोमिटरभन्दा बढी दक्षिणमा पर्ने लिमामा यो कम्पन कम तीव्रताका साथ महसुस गरिएको थियो । यद्यपि लिमामा पनि केही मानिसहरू सडकमा निस्किएका थिए ।
१० लाख जनसंख्या भएको पेरूको राजधानीमा यसअघि केही घण्टा पहिले पनि ५.२ रेक्टर स्केलको भूकम्पको महशुस गरिएको थियो ।
पेरू प्रत्येक वर्ष कम्तीमा पनि ४०० ग्रहणशील भूकम्पले हल्लिन्छ, किनकि यो ‘प्यासिफिक रिङ अफ फायर’मा अवस्थित छ । यो व्यापक भूकम्प जाने क्षेत्र हो जुन अमेरिकी महाद्वीपको पश्चिमी तटमा फैलिएको छ । भूकम्पपछि सुनामीको कुनै सम्भावित चेतावनी जारी गरिएको छैन ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप