जेरुसेलम । हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको जनाएको छ ।
बिहीबार इजरायलले सात ओटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामाा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो । त्यस्तै इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ । इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ ।
यो नयाँ भेरिएन्ट विश्वका विभिन्न देशहरुमा देखिन थालिसकेको समाचारहरु आएका छन् । उता यो भेरिएन्ट भेटिएपछि बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको छ ।त्यस्तै अष्ट्रेलियामा पनि अफ्रिकी देशहरुबाट हुने यात्रमा कडाइ गरिएको छ । अष्ट्रेलियाले अरु देशबाट आउने उडानहरुका साथै विशेष गरी अफ्रिकी देशको यात्रामा थप निगरानी बढाइएको जनाएको छ ।
हालै अफ्रिकामा देखिएको यो भेरिएन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ । यो भेरिएन्ट देखिएपछि यसको अनुसन्धान सुरु भएको बताइएको छ ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल