
सिड्नी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताउनु भएको छ ।
साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको बताउनुभयो ।
भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ । भारतका राज्यहरु एवं केन्द्रीय बैंकको रेखदेख र नियन्त्रण भन्दा बाहिर गएर बिट्क्वाइनको कारोबार भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने खाँचो देखिएको मोदीको भनाई छ ।
अस्ट्रेलियाली रणनीतिक नीति इन्स्टिच्यूटले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै सबै लोकतान्त्रिक मुलुकहरुले सहकार्य गरी क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले खराब व्यक्तिको हातमा क्रिप्टोकरेन्सी पर्न नदिन र युवाको जीवन बर्बाद बनाउनबाट रोक्न पनि सरकारहरुले तत्कालै काम गर्नुपर्ने बताउनुभयो ।
लागूपदार्थको तस्करी, मानव तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको यस क्षेत्रका विज्ञहरुको भनाई छ ।
विश्वका धेरै मुलुकमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाइएको छ । भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेश लगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो संख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।
ब्रोकरचुजरले गरेको अध्ययनले भारतमा १० करोड भन्दा बढी व्यक्ति भर्चुअल मुद्राको कारोबारमा संलग्न रहेको देखाएको छन् । संयुक्तराज्य अमेरिका, रसिया र नाइजेरिया पछि भारतीयहरु यसमा बढी आबद्ध भएका छन् ।
क्रिप्टोको कारोबारमाथि फेरि प्रतिबन्ध लगाउन अहिले भारत सरकारमाथि चर्को दबाब बढेको छ । त्यही कारण भारत सरकारले यसै वर्षको अन्त्यतिर नयाँ कडा कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ ।
भारतको केन्द्रीय बैंकका प्रमुख शक्तिकान्त दास पनि क्रिप्टोको कारोबारलाई कडा नियमन गर्नुपर्नेमा सहमत हुनुहुन्छ । गत साता उहाँले नियमन नगर्ने हो भने क्रिप्टो मुद्राले देशको वित्तीय प्रणालीमाथि खतरा निम्त्याउने चेतावनी दिनु भएको थियो ।
बैंकले आफ्नै आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउने योजना बनाइरहेको बताएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी