यरेभान ।आर्मेनिया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको आर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ ।
रुसको मध्यस्ततामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौताअनुसार सीमा क्षेत्रमा भएको भीडन्त अन्त्य भएको हो ।
आर्मेनीयाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको वेभसाइटमा उल्लेख भएअनुसार युद्धविराम सम्झौता भई युद्ध अन्त्य भएपछि घटनास्थलको अवस्था सामान्य रहेको जनाइएको छ ।
पछिल्लो भीडन्तका क्रममा आर्मेनियाका एक सैनिकको मृत्यु भएको पनि अधिकारीले पुष्टि गरेका छन् ।
घटनास्थलमा सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र आर्मोनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।
सीमा क्षेत्रका भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । सो विवाद बेला बेलामा साम्य हुँदै बल्झिदै आउने गरेको छ । द्वन्द्वका कारण धेरै धनजनको क्षति पनि भएको छ ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ