बर्लिन। अष्ट्रिया सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।
यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।
सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गर्दै यस्तै अवस्था बिग्रिँदै गए यहाँका अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न कठिन हुने बताएका छन् ।
“जनताको सुरक्षा गर्नु अष्ट्रियाको सरकारको रूपमा हाम्रो काम हो,” चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले आइतबार भियनामा पत्रकारहरूसँग भन्नुभएको छ, “त्यसैले सोमबारदेखि … खोप नभएकाहरूका लागि लकडाउन हुनेछ ।”
करिब ९० लाख जनसङ्ख्या भएको अल्पाइन देशमा लकडाउनले लगभग बीस लाख मानिसहरूलाई असर गरेको छ । लकडाउन सुरुमा १० दिनसम्म रहने छ । यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् ।
खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो (४१,६६०) सम्म जरिवाना गर्न सकिने छ ।
अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका मध्ये एक देश हो । यहाँ कूल जनसङ्ख्याको लगभग ६५ प्रतिशतमा मात्र पूर्णरूपमा खोप लगाइएको छ । पछिल्लो समय बढ्दो सङ्क्रमणले चिन्ताजनक अवस्था सृजना गरेको छ । यसैबीच आइतबार ११,५५२ सङ्क्रमणका नयाँ बिरामीहरू भेटिएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी