बर्लिन। अष्ट्रिया सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ ।
यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ ।
सरकारी अधिकारीहरू कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गर्दै यस्तै अवस्था बिग्रिँदै गए यहाँका अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न कठिन हुने बताएका छन् ।
“जनताको सुरक्षा गर्नु अष्ट्रियाको सरकारको रूपमा हाम्रो काम हो,” चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले आइतबार भियनामा पत्रकारहरूसँग भन्नुभएको छ, “त्यसैले सोमबारदेखि … खोप नभएकाहरूका लागि लकडाउन हुनेछ ।”
करिब ९० लाख जनसङ्ख्या भएको अल्पाइन देशमा लकडाउनले लगभग बीस लाख मानिसहरूलाई असर गरेको छ । लकडाउन सुरुमा १० दिनसम्म रहने छ । यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् ।
खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो (४१,६६०) सम्म जरिवाना गर्न सकिने छ ।
अष्ट्रिया पश्चिमी युरोपमा सबैभन्दा कम खोप लगाइएका मध्ये एक देश हो । यहाँ कूल जनसङ्ख्याको लगभग ६५ प्रतिशतमा मात्र पूर्णरूपमा खोप लगाइएको छ । पछिल्लो समय बढ्दो सङ्क्रमणले चिन्ताजनक अवस्था सृजना गरेको छ । यसैबीच आइतबार ११,५५२ सङ्क्रमणका नयाँ बिरामीहरू भेटिएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा