मनिला । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्नुहुने भएको छ । बहिर्गमनको चरणमा रहनुभएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने हुनुभएको हो ।
साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिश्पर्धा गर्न लाग्नु भएको निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।
“सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधिमार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अब उहाँले उपराष्ट्रपतिमा प्रतिश्पर्धा पर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भन्नुभएको छ ।
उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।
उहाँले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पूरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिनु भएको हो ।
आफूले जनताले चाहेअनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी