
बग्दाद। इराकका प्रधानमन्त्री मुस्तफा अल—कादिमीको हत्या प्रयास भएको छ । प्रधानमन्त्री निवासमै रहेका बेला उहाँको हत्या प्रयास भएपनि सावधानीका कारण प्रधानमन्त्री बाँच्न सफल हुनुभएको सैन्य अधिकारीहरुले जनाएका छन् ।
इराकी संयुक्त कारबाही कमाण्डले जारी गरेको वक्तव्यमा उहाँमाथी अज्ञात व्यक्तिहरुले आइतबार ड्रोन आक्रमण गरेको उल्लेख गरिएको छ ।
घटना हुनु अगाडि नै प्रधानमन्त्री घटनास्थलबाट भागेकाले उहाँलाई कुनै असर नपरेको र उहाँको अवस्था सामान्य नै रहेको अधिकारीहरुले जनाएका छन् । घटनालगत्तै उहाँलाई अस्पताल लागिएको थियो । सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो हत्या प्रयास भएपनि आफू बाँच्न सफल भएको उल्लेख गर्दै आफूलाई केही नभएको र आफ्नो बारेमा चिन्ता नलिन सवैलाई आग्रह गर्नु भएको छ । उहाँले इराकको हितका लागि सबैलाई शान्त र संयमित हुन पनि आह्वान गर्नु भएको छ ।
अधिकारीहरुका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उहाँको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कुटनीतिक नियोगहरुको कार्यालय रहेको क्षेत्रमा भएको आक्रमणमा परी प्रधानमन्त्रीको सुरक्षार्थ खटिएकामध्ये छ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकालगायत विभिन्न देश र अन्तर्राष्ट्रिय निकायहरुले घटनाको भत्र्सना गर्दै आक्रमणकारीहरुबाट अक्ष्यम्य अपराधको प्रयास भएकाले घटनाका बारेमा पर्याप्त अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको समाचारमा जनाइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी