बेइजिङ । चिनियाँ रक्षा प्रवक्ताले शुक्रबार अमेरिकी रक्षा मन्त्रालयले जारी गरेको चीनको सैन्य विकाससम्बन्धी हालैको प्रतिवेदनप्रति कडा असन्तुष्टि जनाउँदै विरोध गर्नुभएको छ।
रक्षा मन्त्रालयका प्रवक्ता वु कियानका अनुसार प्रतिवेदनले तथ्यलाई बेवास्ता गरेको र पूर्वाग्रहग्रस्त छ।
उहाँका अनुसार प्रतिवेदनले तथाकथित “चिनियाँ सैन्य खतरा” बारे तथ्यहीन टिप्पणी गरेको छ र चीनको आणविक क्षमता निर्माणमा आधारहीन आरोप लगाएको छ । त्यसैगरी ताइवान र अन्य मुद्दाहरू समावेश गर्ने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छ जुन विषयलाई चीनले गम्भीर रूपमा लिएको छ ।
वुले चीनको सैन्य विकासमा देशको सार्वभौमसत्ता, सुरक्षा र विकास हितको रक्षा गर्ने उद्देश्य निहित रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो-यसले कुनै देशलाई लक्षित गर्दैन र कुनै पनि देशप्रति खतरा पनि छैन ।
‘संयुक्त राज्य अमेरिका विश्वमा आणविक खतराको सबैभन्दा ठूलो स्रोत हो’, वुले थप्नुभयो ।
वुले विश्वमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अविभाज्य अंग भएको पुनः दोहोर्याउनुभएको छ।
उहाँले ताइवानमा बढ्दो तनाव मुख्यतया डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले “ताइवान स्वतन्त्रता” खोज्ने विदेशी समर्थनका कारण भएको बताउनुभएको छ ।
चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने वा चीनलाई धम्की दिने कुनै पनि प्रयास पीपुल्स लिबरेशन आर्मीले बनाएको स्टिलको ठूलो पर्खाल अगाडि असफल हुने निश्चित रहेको वुले बताउनुभएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा