लिस्बोन । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद विघटनको घोषणा गर्नु भएको छ ।
उहाँले विहिवार संसद विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोक्नु भएको छ ।
राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उहाँको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो ।
देशमा उत्पन्न राजनीतिक सङ्कट अन्त्यका लागि अहिलेको संसदबाट समाधान ननिस्किएकाले यो संसद विघटन गर्दै नयाँ संसद गठनका लागि निर्वाचन गर्नु परेको उहाँले उल्लेख गर्नु भएको छ ।
सोसियलिष्ट पार्टी (पिएस)को अहिलेको सरकारले ल्याएको बजेट गत महिना संसदबाट अस्विकृत भएपछि पोर्चुगलको राजनीतिक सङ्कट नयाँ मोडमा पुगेको हो ।
पोर्चुगलको संसदीय इतिहासमा ४५ वर्षपछि पहिलो पटक अहिले मात्रै संसदबाट बजेट अस्विकृत भएको अधिकारीले जनाएका छन् ।
संसद््बाट बजेट अस्विकृत गरेमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरिदिने चेतावनी राष्ट्रपति सुजाले यसअघि नै दिँदै आउनु भएको थियो ।
वर्तमान राजनीतिक सङ्कट समाधानका लागि संसद् विघटन गरी निर्वाचन घोषणा गर्नुको अर्को विकल्प नभएको उहाँको भनाइ छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित