काबुल। अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ ।
विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन ।
तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
“इस्लामिक इमिरेट्स (तालिवान)को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,” निर्देशनात्मक सूचनामा देखिएको छ ।
तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरता पूर्वक लिएको जानकारी दिनुभयो ।
अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ ।
सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिवन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ । यसले केही समय उपभोक्ताहरुलाई अफ्ट्यारो पनि पार्ने भएको छ ।
तत्कालिन तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ । तर तालिवान अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन् । उनीहरूले आफूहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दाभन्दा लचक हुने दावी पनि गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य