काबुल। अफगानिस्तानमा विदेशी मुद्रा प्रयोग गर्न तालिवान सरकारले प्रतिबन्ध लगाएको छ ।
विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको ठहर गर्दै तालिबान सरकारले विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएका हुन ।
तालिवान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेरगरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।
“इस्लामिक इमिरेट्स (तालिवान)को आग्रह छ की, सवै नागरिक, व्यवसायी, व्यापारी, आम उपभोक्ताले अव उप्रान्त विदेशी मुद्रा प्रयोग नगर्नु होला, यो अनुरोधलाई वेवास्ता गरेमा कारबाही हुनेछ,” निर्देशनात्मक सूचनामा देखिएको छ ।
तालिवान प्रवक्ता जाबिउल्लाह मुजाहिदले तालिवान सरकारले यस विषयलाई अति महत्व र गम्भीरता पूर्वक लिएको जानकारी दिनुभयो ।
अफगानिस्तानको बजारमा अमेरिकी डलर विदेशी विनिमयको एक सशक्त माध्यम रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
त्यसैगरी पाकिस्तानजस्ता सिमाना जोडिएका मुलुकका मुद्रा पनि प्रयोग हुने गरेको जनाइएको छ । सरकारको पछिल्लो निर्णयले त्यसलाई समेत प्रभावित पार्ने भएको छ ।
सरकारले विदेशी मुद्रा प्रयोग गर्न प्रतिवन्ध लगाएपछि विदेशी मुद्रा रहेकाहरूलाई मर्का पर्ने भएको छ । यसले केही समय उपभोक्ताहरुलाई अफ्ट्यारो पनि पार्ने भएको छ ।
तत्कालिन तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेर नयाँ सरकार बनाएपछि उनीहरूलाई धेरै विदेशी सहयोग रोकिएका छन् । अन्तर्राष्ट्रिय समुदायले पनि शङ्काको दृष्टिले हेरेको पाइएको छ । तर तालिवान अधिकारीहरूले भने सहयोगका लागि अपिल गरिरहेका छन् । उनीहरूले आफूहरू अघिल्लो पटक सरकार सञ्चालन गर्दाभन्दा लचक हुने दावी पनि गरेका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी