
काठमाडौँ । सुरक्षासम्बन्धी नेपाल–भारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण आदानप्रदान, संयुक्तरूपमा विपद् व्यवस्थापनका साथै साहसिक खेल आयोजना र सुरक्षासम्बन्धी विषयमा सूचना आदानप्रदान गर्नेबारेमा छलफल भएको थियो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एशिया महाशाखा प्रमुख तीर्थराज वाग्लेले गर्नुभएको थियो भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाह्य मामिला मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा रक्षा, परराष्ट्र, गृह मन्त्रालयका साथै नेपाली सेना र भारतीय सेना तथा राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अधिकारीहरूको सहभागिता थियो ।
यसैबीच, नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ति जारी गरी नेपाल र भारतबीच विद्यमान सम्बन्धलाई अझ सुदृढ तुल्याउन उपयोगी रहेको तथा द्विपक्षीय सुरक्षा चसोका विषयलाई सम्बोधन गर्न फलदायी भएको जनाएको छ । दुई पक्षीय सुरक्षा चासोका विषयमा सहसचिवस्तरमा छलफल गर्न १८ वर्षअघि गठन भएको नेपाल–भारत परामर्श समूहको कोभिड–१९ को महामारीका कारण अघिल्ला दुई वर्ष हुन सकेको थिएन ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी