लन्डन । आफ्नै वाध्यता र परिस्थितिले कर्मथलो प्रवासको कुन कुनामा बन्छ भन्न सकिन्न । तर, जहां रहेपनि मन मस्तिष्कमा आफ्नो मातृभूमि र हुर्के बढेको गाउं ठाउंको सम्झनाले नपिरोल्ने कसलाई होला ?
बेलायतवासी स्याङ्जालीहरुको तन मन पनि अहिले मातृभूमितिरै बढि छ । दुई छाक काटेर पनि आफ्नो गाउंको विकासमा उनीहरुको समर्पण बढ्दै गएको छ । यसअघि पनि शिक्षा, स्वास्थ्य, खेलकुद र संगीतका क्षेत्रमा करोडौं रुपैयां मातृभूमिलाई सुम्पिइसकेका स्याङ्जालीले अब गाउंमा एम्बुलेन्स् व्यवस्था गरिदिने भएका छन् । सोंपाल समाज यूकेको सक्रियतामा विभिन्न दाताबाट चन्दा संकलन गरि उक्त एम्बुलेन्स् खरिद गरिएको हो । आगामी १० अप्रिलका दिन अस्पताल प्रांगणमा एक विशेष समारोहबीच एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम छ । हस्तान्तरणका अवसरमा पञ्चेबाजासहितको सांस्कृतिक कार्यक्रम समेत हुने तय भएको छ ।
समाजका सल्लाहकारहरु डेभिड गुरुङ, क्याप्टेन रि. प्रेमबहादुर गुरुङ, अध्यक्ष राम गुरुङ, कोषाध्यक्ष जगदिश गुरुङ, संस्थापक अध्यक्ष विजय गुरुङ, सल्लाहकार जुमबहादुर गुरुङ लगायतको टोली अहिले एम्बुलेन्स हस्तान्तरणका लागि नेपाल पुगेको छ ।
गत वर्ष स्याङ्जाको पञ्चमुल गाविसमा झण्डै ५ करोड रुपैयां लगानीमा राजास्वांरा अस्पताल बने पनि एम्बुलेन्स नहुंदा विरामीले सास्ती खेप्दै आएका थिए । त्यही अभाव पुरा गर्न समाजका सल्लाहकार डेभिड गुरुङको परिकल्पनामा दुई वर्षअघि एम्बुलेन्स् किन्ने प्रस्ताव पारित भएको थियो । एम्बुलेन्स सञ्चालनपछि आरुचौर, रापकोट, पञ्चमुल र दारुङ गाविसका स्थानीय वासिन्दा प्रत्यक्ष लाभान्वित हुने समाजका भूपू अध्यक्ष एवं वर्तमान सल्लाहकार क्या. रि. प्रेमबहादुर गुरुङले जनाए ।
क्याप्टेन गुरुङकै संयोजकत्वमा आगामी ९ र १० अप्रिलका दिन दुई दिने निशुल्क स्वास्थ्य शिविर समेत हुंदैछ । स्त्रीरोग, दन्त रोग विशेषज्ञ एवं फिजिसियन गरि तीनजना डाक्टरले शिविरमार्फत विरामी जांच गर्ने कार्यक्रम छ ।
सिकिस्त विरामीलाई प्राथमिकता दिने गरि एम्बुलेन्स् सञ्चालन हुने र सेवा भरपर्दो, छिटो छरितो एवं व्यवस्थित गर्न एउटा समिति समेत बनाइएको समाजले जनाएको छ ।
सन् २००७ मा स्थापित सोंपाल समाज यूकेले यसअघि व्यक्तिगत तवरबाट गाउंलाई धेरै आर्थिक सहयोग गरेपनि अब संस्थागत रुपमा सामाजिक कार्यमा समर्पित हुनेमा संस्था प्रतिवद्ध छ ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान