काबुल । राजनीतिक तथा सामाजिक क्षेत्रमा समावेशी सहभागीताको व्यवस्था गर्न अफगानिस्तानका महिलाहरुले माग गरेका छन् । दर्जनौ महिला अधिकारकर्मीहरुले सहभागीता र समावेशिताको माग गर्दै राजधानी काबुलमा प्रदर्शन समेत गरेका छन् ।
तालिवानले गठन गरेको अहिलेको अन्तरिम सरकारमा महिला सहभागिता नभएको र सरकारले महिला सहभागिताका अन्य कदमहरु पनि नचालेकोमा उनीहरुको विषेश चिन्ता थियो ।
“नयाँ सरकार र उनीहरुको शासनकालमा महिलाको हक अधिकार, स्वतन्त्रता, सहभागीता र समावेशीताको विषय अझै पनि अनिश्चित र अन्यौलपूर्ण रहेकाले त्यसतर्फ हामीले ध्यानाकर्षण गराएका हौँ,” एक महिला अधिकारकर्मीले भन्नुभयो ।उहाँकाअनुसार अफगानिस्तानमा महिला अधिकार, स्वतन्त्रता र समावेशिताको माग गर्दै १०० भन्दा बढी देशमा प्रदर्शन भएको छ ।
विश्वभरीबाट दवाव भएपनि महिला अधिकारको पक्षमा तालिवान सरकारले कुनै उदारता देखाएको छैन । तर महिलाको शिक्षा, रोजगारी र राजनीतिक क्षेत्रमा महिला सहभागीता गराउने प्रतिवद्धता भने जनाउदै आएको छ । विश्व समुदायलाई आफूहरु सुध्रिएको, उदार भएको देखाउका तालिवान सरकारले मौखिक प्रयास गरेपनि व्यवहारमा भने देखिएको छैन ।
तालिबानमा अहिले पनि महिलाहरुलाई रोजगारीका लागि र अध्ययन अध्यापनका लागि विद्यालय जान रोक लगाइएको छ । त्यसैगरी राजनीतिक क्षेत्रमा पनि कुनै स्थान दिइएको छैन । तालिबान विद्रोहीले झण्डै २० वर्षपछि अफगानिस्तानको सत्ता हातमा लिएका छन् । विद्रोहीले राजधानी काबुल कब्जा गर्ने देखिएपछि तत्कालिन राष्ट्रपति असरफ घानीले देश छाडेकाले सहजै उनीहरुले सत्ता पाएका हुन् ।
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी