जेनेभा। रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् ।
अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक शक्तिराष्ट्र बीचको यो पछिल्लो चरणको छलफल हो।
अमेरिकी विदेश विभागका भेन्डी शर्मन र रूसको उपविदेश मन्त्री सर्गेई र्याबकोभ बीच नियमित भेटघाट र वार्ताको अपेक्षा गरिएको थियो।
संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनका एक सदस्यका अनुसार वार्ता बिहान १०:०० को आसपास शुरू भएको थियो।
विदेश विभागको निशस्त्रीकरण प्रमुख बोनी जेनकिन्सका अनुसार वासिङ्टनटनले जेनेभामा हुने वार्ताबाट ठोस कदम चाल्ने अपेक्षा गरेको छ र यो वार्ता त्यसका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।
स्वीस समाचार एजेन्सी एटीएसले उक्त छलफलले निशस्त्रीकरणका अतिरिक्त दुवै पक्षले नयाँ प्रविधि, अन्तरिक्ष र कृत्रिम बुद्धिमत्ताको बारेमा छलफल गर्ने अपेक्षा गरिएको छ।
रूसको संयुक्त राष्ट्रसंघ मिसनमा बिहीबार आयोजित वार्ता जुलाईको अन्त्यमा अमेरिकाद्वारा आयोजित हातहतियार नियन्त्रणमा केन्द्रित वार्तापछि भएको हो ।
गत जुन १६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेन र रुसी समकक्षी पुटिनले उक्त छलफल केही मतभेदका बीच पनि महत्त्वपूर्ण रहेको बताएका थिए। तत्कालीन शीतयुद्धको चरम अवस्थामा पनि मस्को र वाशिंगटन द्वन्द्व चर्किन नदिन निरन्तर सम्पर्कमा थिए।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा