
काठमाडौँ। मदन पुरस्कार ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ पुस्तकका लागि भगिराज इङ्नामलाई दिने निर्णय भएको छ ।
मदन पुरस्कार गुठीको आज बसेको बैठकले २०७७ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कारको निर्णय गरेको हो । यस वर्ष जगदम्बा–श्री पुरस्कारबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय भएको छ । गुठीमा प्राप्त २२२ पुस्तकमध्ये नौ वटा पुस्तक मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए ।
मदन पुस्कारका लागि छनोट भएको पुस्तकमा इङ्नामले राणा, पञ्चायत र शाह कालमा पूर्वी नेपालको लिम्बूवान क्षेत्रको सुभाङ्गी प्रथाको विषयमा खोजमूलक विषय समेट्नुभएकोे छ । त्यस्तै सम्मानित हुन लाग्नुभएका थापा लामो समयदेखि नृत्य विधाको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञानमार्फत यस क्षेत्रको विकासमा लाग्नुभएको छ ।
गुठीले विसं २०१३ देखि मदन पुरस्कार वितरण गर्दै आएको छ । नेपाली कला र साहित्यमा यो पुरस्कारलाई प्रतिष्ठित मानिन्छ ।
अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत