लण्डन । द गुरुङ (तमु) सोसाइटी इंकको अध्यक्षमा तोरण गुरुङ निर्विरोध निर्वाचित भएको छ ।
सोसाइटीको आज भएको साधारणसभा तथा अधिवेसनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै, महासचिवमा अलिशा गुरुङ, उपाध्यक्षमा शान्ति गुरुङ, कोषाध्यक्षमा ओम गुरुङ, सहसचिवमा ओम विक्की गुरुङ, सहकोषाध्यक्षमा अन्जित गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङले अमेरिकामा रहेको सबै गुरुङहरुलाई एउटै मञ्चमा ल्याउनको समाजका सल्लाहकारहरुसँग सल्लाह गरेर सहकार्यको लागि प्रयास गर्ने बताए । गुरुङ समाज एकताको लागि आफुले पहल गर्ने उनको भनाइ छ । गुरुङहरुको आफ्नै भवन निर्माणको लागि विभिन्न उपाय खोजेर पहल गर्ने बताए ।
युवाहरुलाई सक्रिय बनाएर अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गुरुङले युवा वर्गलाई नेतृत्व तहमा ल्याउनको लागि पहल गर्नेमा जोड दिए । गुरुङ आमा समूहसँग सहकार्य गरेर कसरी समाजलाई बलियो बनाउन सकिन्छ भन्ने बारेमा आमा समूहसँग सहकार्य गरी अघि बढ्ने उनको भनाइ छ ।
समाजले नयाँ नेतृत्व चयनका लागि गौतम गुरुङको संयोजकत्वमा ४ सदस्यीय निर्वाचन कमिटी बनाइ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो । निर्वाचन समिति सदस्यहरुमा संस्थापक अध्यक्ष तुलसी गुरुङ, हर्कजंग गुरुङ, डा. रसकुमारी गुरुङ संलग्न थिए । त्यस्तै, बोर्ड सदस्यहरुमा बसुन्धरा गुरुङ, भक्त गुरुङ, लिला गुरुङ, योगेन्द्र गुरुङ, अशोक गुरुङ, बबी गुरुङ, ज्ञान गुरुङ, हेमा गुरुङ, विजय गुरुङ निर्विरोध चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष तोरण गुरुङ सहसिचवमा पदमा कार्यरत थिए । यस्तै, शान्ति, अलिशा, ओम र अन्जित, भक्त, ओम विक्की गुरुङ यस अघिको कार्यकालमा समेत विभिन्न पदमा कार्यरत थिए ।
नवनिर्वाचित समितिका सदस्यहरुलाई निर्वाचन समिति संयोजक गौतम गुरुङले पद तथा गापनियताको सपथ गराएका थिए । दुई सत्रमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा समाजले गएको दुई वर्षमा गरेका कार्यक्रमको कार्यप्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै कार्यक्रममा गुरुङ युवाहरुले खेलकुदको मार्फत विभिन्न खेल प्रतियोगितामा सहभागिता जनाउनुका सार्थ विभिन्न पूरस्कार प्राप्त गरेकोमा युवा खेलाडीहरुलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो ।
सोसाइटीका निवर्तमान अध्यक्ष विजय गुरुङले आफ्नो कार्यकाल सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण बोर्ड सदस्यहरु, सल्लाहकारहरु, आमा समूह, युवा समूह लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । आफू बाहिर रहे पनि सोसाइटीको लागि आफू सधैँ समाजको साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।
गुरुङ (तमु) सोसाइटी इंक, न्यूयोर्कको स्थापना सन् १९९९ सालमा भए पनि औपचारिक रुपमा जुन ३१, २००१ मा विधिवत् रुपमा सञ्चालनमा छ ।
नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना