पेरिस। अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँबीच केही दिनमा पनडुब्बी सम्झौताका कारण निम्तिएको तनावबारे फोनवार्ता हुने फ्रान्सेली सरकारका प्रवक्ताले आइतबार बताउनुभएको छ ।
यो घोषणा फ्रान्सले वासिङ्टन र क्यानबेरामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एक दिनपछि आएको हो । अमेरिका–अस्ट्रेलियाको गोप्य वार्तापछि फ्रान्सेली पनडुब्बी खरिदका लागि गरेको अर्बाैं डलरको सम्झौतालाई रद्द गर्ने अस्ट्रेलियाले निर्णय लिएको थियो तर यो निर्णयले फ्रान्सलाई घात गरेको भन्दै फ्रान्सेली अधिकारीहरूले सम्झौताको विरोध गरेका छन् ।
प्रवक्ता गब्रिएल अट्टालले बीएफएम समाचार च्यानलसँग भन्नुभयो, “आगामी दिनमा फोनवार्ता हुनेछ ।” यस वार्ताका लागि बाइडेनबाट प्रस्ताव आएको उहाँले बताउनुभयो ।
म्याक्रोँले अमेरिका–अस्ट्रेलिया–बेलायत रक्षा सम्झौताबारे अमेरिकी राष्ट्रपतिसँग यसबारे सोधपुछ गर्नुहुनेछ । त्रिपक्षीय सम्झौतापछि क्यानबेराले अमेरिकी आणविक शक्ति भएका पनडुब्बीहरू किन्नेछ । यसका कारण यसपहिले अष्ट्रेलियाले सम्झौता गरेको डिजल–इलेक्ट्रिक फ्रान्सेली जहाजहरू किन्ने ठूलो सम्झौता रद्द हुनेछ ।
“हामी स्पष्टीकरण चाहन्छौं,” अट्टलले भन्नुभयो । अमेरिकाले ‘ठूलो विश्वास घात’ जस्तो देखिएको कुराबारे जवाफ दिनुपर्ने उहाँले बताउनुभयो ।
यसअघि आइतबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले ‘केही महिनाअघि’ भएको सम्झौताप्रति चिन्ता उठाएको भन्दै क्यानबेराले सम्झौता रद्द गर्ने आफ्नो योजनाबारे ढाँटेको भन्ने फ्रान्सको आरोपको खण्डन गर्नुभएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम