पेरिस। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई छ महिना थप गर्ने निर्णय गरेको छ ।
गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको बताउनुभएको हो ।
अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन छ महिनाको म्याद थप गरिएको उहाँले बताउनुभयो ।
मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी