काठमाडौँ। पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् ।
नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् ।
पर्यटक आगमन सहजताका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्रि भिसा तुरुन्तै लागू गर्न माग गरेका व्यवसायीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थितिअनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने सुझाएका छन् ।
पर्यटन क्षेत्रलगायत अन्य क्षेत्रको माग सम्बोधनका लागि व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसिसी) र नेपाल उद्योग परिसङ्घ (सिएनआई)सँग सहकार्य गरेर अगाडि बढ्ने नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय जगत्मा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेडजोन’मा राखिएको हुँदा सो रेडजोन हटाउनका लागि पर्यटनकर्मीलाई पूर्णरूपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाधरूपमा आउन दिनुपर्ने बताउनुभयो ।
क्वारेन्टिन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरे मात्र ट्राभल एडभाइजरी रेडजोनबाट सुरक्षित जोनका रूपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सोको अविलम्ब व्यवस्था गर्न व्यवसायीले अनुरोध गर्नुभयो । चौधवटै संस्थाका अध्यक्ष तथा पदाधिकारीको बिहीबार भएको बैठकले पाँच बुँदे मागसहित विज्ञप्ति सार्वजनिक गरेको हो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश