स्लोभानिया । युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् ।
युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकपछि सो जानकारी दिएको छ ।
उक्त बैठकपछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिनुभएको हो । उहाँले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताउनुभयो ।
उहाँका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।
त्यस्तै अर्काे शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन् । अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ ।
यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् ।
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ