टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले प्रधानमन्त्री पदबाट राजिनामा दिनुहुने भएको छ । कोरोनाभाइरसको महामरी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएकाले उहाँले राजीनामा दिन लाग्नु भएको हो ।
प्रधानमन्त्रीको जिम्मेबारी लिएको झण्डै एक बर्षमै उहाँ जिम्मेबारीबाट बाहिरिन लाग्नु भएको हो । उहाँको पार्टीमा निर्वाचनका कारण पनि उहाँले अहिले नै बाहिरिनु पर्ने अवस्था आइलागेको देखिएको छ ।
उहाँको पार्टी लिवरल डेमोक्रेटिक पार्टी (एलडीपी)को निर्वाचन यही सेप्टेम्बर २९ तारिखमा हुन लागेको छ । त्यो निर्वाचनबाट नयाँ नेता आएपछि उहाँलाई नै सुगाले जिम्मेबारी हस्तान्तरण गर्नुपर्नेछ । त्यसैले प्रधानमन्त्री सुगाले यही सेप्टेम्बर ३० बाट प्रधानमन्त्रीको जिम्मेबारी छोड्नुहुने जनाइएको छ ।
पार्टीका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री सुगाले पार्टीको निर्वाचनमा आफूले उम्मेदवारी नदिने र प्रधानमन्त्रीको जिम्मेवारी पनि परित्याग गर्ने बताउनु भएको थियो ।
प्रधानमन्त्री सुगाले पार्टीको नेतृत्व नयाँ नेतालाई दिने मनस्थितिमा बनाएको एडीपीका महासचिव तोशिहिरो निकीले जानकारी दिनुभयो । उहाँले अघिल्लो बर्षको सेप्टेम्बरमा तत्कालिन प्रधानमन्त्री सिन्जे आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेबारी पाउनु भएको थियो । लामो समय जापानको नेतृत्व गर्नु भएका सिन्जेका अति विश्वास पात्रका रुपमा चिनिनु भएका पुराना राजनीतिज्ञ सुगाले भने झण्डै एक वर्षमात्रै जापानको नेतृत्व गर्नुहुने भएको छ ।
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित