
काठमाडौँ। श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ– श्रीलङ्का सिधा उडान सुरु गरेको छ ।
कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०ः२४ बजे काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
उक्त जहाजमा १३२ यात्रु काठमाडौँ आएका छन् ।
कोलम्बो–काठमाडौँ नियमित उडान सुरु भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँबाट १४९ यात्रु लिएर श्रीलङ्कन एयरको जहाज बिहान ११ः१० बजे पुनः कोलम्बो उडेको छ । सातामा दुई दिन मङगलबार र शनिबार उडान हुने विमानस्थलले जनाएको छ । काठमाडौँ–कोलम्बो सीधा उडान करिब साँढे तीन घण्टाको हुन्छ ।
एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । श्रीलङ्कन एयरले यो मौसममा आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । कम्पनीले अवस्था हेरेर ‘विन्टर सिजन’का लागि पनि उडान अनुमतिका लागि निवेदन दिनेछ । उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको छ ।
भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक सातामा कति भन्ने यकिन भइसकेको छैन । नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्नेछ । हाल एयरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुवई उडान गरिरहेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बरबाट जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित