बोष्टन/अमेरिका
अमेरिकाको बोस्टन सहरमा संचालन हुँदै आईरहेको मासिक साहित्यिक कार्यक्रम “सिर्जना उत्सब” को २७ औं शृंखला आइतबार साँझ सम्पन्न भएको छ। कार्यक्रममा बिभिन्न कविहरूले सिर्जना वाचन गर्नुका साथै वर्तमान साहित्यबारे चर्चा गरे ।
कार्यक्रममा दिनेश राजभण्डारी , गोवर्धन पूजा , हरि थापा, दीपा राई पुन , अनु शाह, महेश्वर पन्त , धन लेप्चा, सागर शंकर, मधुसुधन पौडेललगायतले सिर्जना वाचन गरे ।
“सिर्जना उत्सव” मा पहिलो पटक सहभागी भएका सुशिल नेपालले पनि आफ्नो कविता वाचन गरे भने पेन्सिलभेनियबाट आएका नन्द लगुनले नेपाली टेलिफिल्म कलाकारहरूको विभिन्न क्यारिकेचर प्रस्तुत गरे । अस्वस्थताको कारणले उपस्थित हुन नसकेकी ममता कर्माचार्यले कार्यक्रमको लागि पठाएको कविता कुशल श्रेष्ठले वाचन गरेका थिए ।
साहित्यकार हरि थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्रष्टाहरूको कृति आदान प्रदान गर्ने क्रममा नेपाली भाषी भूटानी प्रथम गायक प्रताब सुब्बाको गजल एल्बम “काचको मुटु” र साहित्यकार लीला निशाको कृति “बूढो रूख र सान्नानीको ईन्द्रेनी” उपस्थित साहित्यकारलाई पनि प्रदान गरिएको थियो। कार्यक्रम पश्चात रात्री भोजको प्रयोजन कुशल श्रेष्ठले गरेका थिए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई