लण्डन । एनआरएनए युकेको निर्वाचनमा अध्यक्षका उम्मेदवार रहेका प्रेम गाहामगरले निर्वाचन सम्पन्न भैसकेपछि निर्वाचन समितिले मत बदर हुने बारेमा नयाँ नियम बनाउन लागेकाले त्यसमा हस्ताक्षर गर्न नसकिने बताएका छन् ।
गाहा मगर समूहले आज आयोजना गरेकाे पत्रकार सम्मेलनमा उनले विभिन्न चार चरण पार गरि अन्तिम मतदाता सूचीमा सूचीकृत मतदाताले दिएको मत जस्ताको तस्तै निर्वाचन समितिले सार्वजनिक गर्नुपर्ने माग गरे । उनले निर्वाचन समितिले मतदातले दिएको मत सार्वजनिक गर्न ढिलाइ गरिरहेमा त्यसका विरुद्ध साथ दिन बेलायतमा रहेका सबै संघसंस्थाहरुलाई आह्वान गरे ।
निर्वाचन समितिले विहीबार २ हजार १०० मत बदर गर्ने बारेमा तयार पारिएको पत्रमा हस्ताक्षर गर्न भनिएकोमा आफूले अस्वीकार गरेकाे उनले बताए । ‘त्यसलाई म सुसाइड नोट भन्न चाहन्छु । मलाई अध्यक्षका उम्मेदवारले २ हजार १०० भन्दा बढी मतले जितेको छ केही फरक पर्दैन भनेर मलाई फकाइएको थियो । तर मैले हस्ताक्षर गरिनँ’ उनले भने ।
पत्रकार सम्मेलनमा उपाध्यक्षका अर्का उम्मेदवार नारायण कँडेलले मत परिणाम घोषणा गर्न ढिलाई गरिएमा सूचनाको हकको प्रयोग गर्दै च्वाइस भोटिङबाट मतपरिणाम ल्याएर घोषणा गरेरै छोड्ने बताए ।
उनले एनआरएनए युकेको मतपरिणाम घोषणा नहुनुको कारण च्वाइस भोटिङबाट प्राप्त ड्राफ्ट रिजल्ट भएको बताए । सो ड्राफ्ट रिजल्टमा आफूले चाहेको उम्मेदवारले नजित्ने भएपछि मत बदर हुने र सदर हुने सम्बन्धमा नयाँ नियम बनाउन लागिएको आरोप उनले ल्याए ।
हालसम्म कति मत खस्यो भन्ने सार्वजनिक नगरिएका कारण आफूले चाहेको उम्मेदवारलाई जिताउन निर्वाचन समितिले वास्तविक खसेको भन्दा धेरै मत खसेको देखाउन सक्ने आशंका पनि गरे ।
समावेशी समूहका संयोजक शेर सुनारले निर्वाचन समितिले कुनै उम्मेदवारलाई जिताउन र कुनै उम्मेदवारलाई हराउन निर्वाचन परिणाम घोषणा गर्न ढिलाई गरिएको आरोप लगाए ।
उपाध्यक्षका अर्का उम्मेदवार मोहन कार्कीले च्वाइस भोटिङले निर्वाचनको परिणाम सार्वजनिक गर्न कुनै कठिनाई नभएको बताइसकेको अवस्थामा निर्वाचन समितिले परिणाम घोषणा गर्न ढिलाई गर्नु रहस्यमय भएको बताए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’