लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखाहरुको समस्या समाधानका लागि नेपालको संघीय संसदका सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गोरखा समस्या समधानका लागि बेलायती रक्षा मन्त्रालय, भूपू सैनिकहरुको प्रतिनिधि र बेलायतस्थित नेपाली राजदुताबासले तयार पारेको १३ बुंदे प्रतिवेदन कार्यान्वयनका लागी चाँडोभन्दा चाँडो एक उच्च स्तरिय वार्ता समिति गठन गर्न नेपाल सरकारसँग पहलका लागि माग गरिएको छ ।
यस्तै गोरखा सैनिकहरु सन्धीअनुसार नेपाली भएरै बेलायती सेनामा जाने, नेपाली भएरै सेनामा काम गर्ने र नेपाली भएरै अवकाश प्राप्तगरी नेपाल फर्कने भएको हुँदा गोरखाहरुलाई वंशजको आधारमा राजनीतिक अधिकारसहितको नागरिकता निरन्तरताको लागी संंघीय संसदमा कुरा राखी दिनुहुन माग गरिएको छ ।
सन् १९४७ को त्रिपक्षीय सन्धी अवैधानिक र अहिले असान्दर्भिक भएको भन्दै नेपाल तथा बेलायतका बीचमा गोरखा भर्ती बारे द्विपक्षीय सन्धिका लागि पनि संसदमा कुरा उठाउन माग गरिएको छ ।
अहिलेसम्म नेपाल सरकारलाई थाहा नदिई बेलायत सरकारले गोरखाली युवाहरुलाई सिंगापुर पुलिस र ब्रुनाईमा पठाउने कार्य गरिरहेको आरोप लगाउँदै गेसोले नेपालले सरकारले सिंगापुर र ब्रुनाई सरकारसँग सिधै दुई पक्षिय सन्धी गर्नुपर्ने पनि माग गरेको छ ।
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’