लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखाहरुको समस्या समाधानका लागि नेपालको संघीय संसदका सांसदहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गोरखा समस्या समधानका लागि बेलायती रक्षा मन्त्रालय, भूपू सैनिकहरुको प्रतिनिधि र बेलायतस्थित नेपाली राजदुताबासले तयार पारेको १३ बुंदे प्रतिवेदन कार्यान्वयनका लागी चाँडोभन्दा चाँडो एक उच्च स्तरिय वार्ता समिति गठन गर्न नेपाल सरकारसँग पहलका लागि माग गरिएको छ ।
यस्तै गोरखा सैनिकहरु सन्धीअनुसार नेपाली भएरै बेलायती सेनामा जाने, नेपाली भएरै सेनामा काम गर्ने र नेपाली भएरै अवकाश प्राप्तगरी नेपाल फर्कने भएको हुँदा गोरखाहरुलाई वंशजको आधारमा राजनीतिक अधिकारसहितको नागरिकता निरन्तरताको लागी संंघीय संसदमा कुरा राखी दिनुहुन माग गरिएको छ ।
सन् १९४७ को त्रिपक्षीय सन्धी अवैधानिक र अहिले असान्दर्भिक भएको भन्दै नेपाल तथा बेलायतका बीचमा गोरखा भर्ती बारे द्विपक्षीय सन्धिका लागि पनि संसदमा कुरा उठाउन माग गरिएको छ ।
अहिलेसम्म नेपाल सरकारलाई थाहा नदिई बेलायत सरकारले गोरखाली युवाहरुलाई सिंगापुर पुलिस र ब्रुनाईमा पठाउने कार्य गरिरहेको आरोप लगाउँदै गेसोले नेपालले सरकारले सिंगापुर र ब्रुनाई सरकारसँग सिधै दुई पक्षिय सन्धी गर्नुपर्ने पनि माग गरेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार