काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभएको राजीनामा फिर्ता लिनुभएको जानकारी दिनुभयो ।
गत असार २८ गतेको सर्वाेच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिनुभएको थियो । डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाउनुभएको थियो । पार्टीलाई एकताबद्ध बनाउन लाग्नुभएका डा रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?