लण्डन । गोरखा भूतपूर्व सैनिकहरुले जुलाई २१ देखि बस्ने भनिएको अनसनका बारेमा गोरखा भूतपूर्व सैनिकहरुको दुई प्रमुख संस्थाले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गरेका छन् ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजिडब्ल्यूएस) ले जारी गरेको विज्ञप्तिमा अनसनबाट नभई वार्ताको बाटोबाट गोरखाहरुको समस्या समाधान गर्नमा जोड दिइएको छ ।
गोरखाहरुको समस्याका बारेमा हालै लण्डन दुताबासमा यही आइतबार बेलायतका लागि नेपाली राजदुतसमेतको उपस्थितिमा छलफलसमेत भएको र सबैको मत अनसन बस्न हुँदैन भन्ने रहेको हुँदा अनसनको आयोजक संस्थालाई पनि अनुरोध र निर्देशन दिइएको बताइएको छ ।
गोरखाहरुको अर्को प्रभावशाली संस्था गोरखा सत्याग्रहले बुधबारदेखि लण्डनमा अनसन बस्ने बताउँदै आएको छ ।
हेर्नुहोस विज्ञप्तिको पूर्णपाठ

वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’