काठमाडौं । राष्ट्रिय समाचार समितिको प्रधानसम्पादकमा एकराज पाठक नियुक्त हुनुभएको छ ।
हालै दशौँ तहमा बढुवा हुनुभएका उहाँलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो । पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्य हुनुहुन्छ । उहाँ हाल राससको आलेख शाखाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ ।
विसं २०३१ फागुनमा बाग्लुङमा जन्मिनुभएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको हो । उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । उहाँले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तक लेख्नुभएको छ । उहाँले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ ।
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै