बर्लिन । पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताउनुभएको छ ।
उहाँले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ हुनसक्ने बताउनुभएको छ ।“मेरो जानकारीअनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई हत्या गर्ने क्रमजारी रहनेछ,’ बुशले जर्मन प्रसारक डचे बेलेलाई भने।
उहाँले भन्नुभयो, “मेरो विचारमा सेना फिर्ता गल्ती थियो ।”
पूर्व रिपब्लिकन राष्ट्रपति बुसले सेप्टेम्बर ११ मा न्यू योर्कको विश्व व्यापार केन्द्रमा आक्रमण गरेपछि २००१ मा अफगानिस्तानमा सेना परिचालन गर्ने निर्णय गर्नुभएको थियो । जर्मन चान्सलर एन्जेला मर्केलले पनि स्ना फिर्ताबारे बुसको जस्तै विचार राख्नुभएको छ ।
अमेरिक राष्ट्रपति जो बाइडेनले यसै बर्षको अगस्ट ३१ सम्ममा सेना फिर्ता प्रक्रियालाई अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित