वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताउनुभएको छ ।
अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताउनुभयो ।
युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेकोे गतिको समेत बचाउ गर्नुभएको छ । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो ।
सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमलापश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ ।
यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोक्नुभएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गर्नुभएको थियो ।
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ